‘वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले बस र स्कुटर च्यापियो’: सांसद बस्नेत
काठमाडाैं | साउन ८, २०७९
काठमाडौं: नेकपा एमालेका सांसद महेश बस्नेतले वन मन्त्रालय तथा भक्तपुर नगरपालिकाको लापरवाहीले सल्लाको रुख ढलेर बस र स्कुटरलाई च्यापेको बताएका छन् ।
अहिले जारी प्रनिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै नेता बस्नेतले उक्त घटनाको जिम्मेवारी वन मन्त्रालय र भक्तपुर नगरपालिकाले लिनुपर्ने बताएका हुन् ।
‘भक्तपुरको सल्लाघारीमा सल्लाको रुघ ढलेर मिनीबस र स्कुटरलाई किचेर केही साथीहरु घाइते भएका छन् । उनीहरुको स्वास्थ्य लाभको कामना गर्दछु, उनले भने, ‘४० वर्षभन्दा पुराना जीर्ण रुखहरुलाई हटाउन वन मन्त्रालय र भक्तपुर नगरपालिकालाई अनुरोध गर्न चाहान्छु । उहाँहरुको लापरवाहीले यो घटना घटेको छ ।’
सांसद बस्नेतले २५ वर्ष पुराना बसहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउदै भने ‘२५ वर्षभन्दा पुराना बसहरुलाई चलाईरहने जुन सरकारको निर्णय थियो यसलाई अविलम्ब फिर्ता लिन अनुरोध गर्दछु । यो घटना वन मन्त्रालय र भक्तपुर नगरपालिकाको लापरवाहीले भएको हो ।’
यसैगरि अर्का सांसद प्रेम सुवाललेसमेत विशेष समयमै बोल्दै सो घटनाबारे सरकारको ध्यानाकार्षण गराएका थिए ।
भक्तपुर नगरपालिका– १ सल्लाघारीमा सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई च्यापेको थियो । यो समाचार तयार पार्दासम्म ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

